durbar-times

बार्सिलोना महिला टिमले च्याम्पियन्स लिग जित्दा पुरुष टोलि ला लिगाको होडबाट बाहिरियो


बार्सिलोना महिला टिमले च्याम्पियन्स लिग जित्दा पुरुष टोलि ला लिगाको होडबाट बाहिरियो

बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

आईतबार राति चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि हात परेको हो । बार्सिलोनाले चेल्सीमाथि ४–० को जित निकालेको हो ।

चेल्सीको पुरुष टिम समेत च्याम्पियन्स लिगको फाईनल पुगेको छ ।

यता बार्सिलोनको पुरुष टोलि च्याम्पियन्स लिगबाट बाहिरी सकेको थियो भने  ला लिगाको उपाधि होडबाट पनि बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो । बार्सिलोनाको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो ।

लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send