फेडे भाल्भार्डे चोटग्रस्त मैदान फर्किन महिना दिन लाग्ने


फेडे भाल्भार्डे चोटग्रस्त मैदान फर्किन  महिना दिन लाग्ने

ला लिगामा आइतबार भ्यालेन्सियासँग ४–१ ले लज्जास्पद हार बेहारेको रियल म्याड्रिडका अर्का एक खेलाडी घाइते भएका छन् । फेडे भाल्भार्डे चोटग्रस्त भएको रियलले पुष्टी गरेको छ ।

फेडेको घुँडा र कुर्कुचाबीचको भित्री हड्डीमा चोट लागेको बताइएको छ । चोट लागेपछि उरुग्वेली मिडफिल्डले यो महिना कोलम्बिया र ब्राजिलबीचको खेल गुमाउने भएका छन् । ‘परिक्षणका क्रममा भाल्भार्डेलाई चोट लागेको छ । उनको बायाँ खुटको घुँडा र कुर्कुचाबीचको भित्री हड्डीमा चोट लागेको छ,’ रियलले विज्ञप्तीमार्फत भनेको छ, ‘चोटको अवस्थाका बारेमा जानकारी गराइनेछ ।’

भालभेर्डेको चोट हेर्दा पूर्ण रुपमा ठीक हुनका लागि झन्डै महिना दिन लाग्ने अनुमान गरिएको छ । क्लबले उनको चोटको अवस्था नियमित परिक्षण गरिरहने जनाएको छ ।

भालभेर्डेको चोट र कोराना भाइरसका कारण कासेमिरो मैदान बाहिर भएकाले प्रशिक्षक जिनेदिन जिदानले भिल्लारियल र इन्टरका लागि अर्का खेलाडीमा भर पर्नुपर्ने भएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...