फिफाको साधारण सभा बैठक आज


फिफाको साधारण सभा बैठक आज

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को साधारण सभा बैठक आज (शुक्रबार) हुदैछ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा पहिलाे पटक सञ्चालन हुन लागेको हो ।

फिफाका सदस्य राष्ट्रका प्रतिनिधि ‘भर्चुअल’ माध्यमबाट साधारण सभामा जोडिनेछन् ।

साधारण सभामा नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित, उपाध्यक्ष कृण्ण थापा र रविन्द्र जोशी सहभागी हुनेछन् ।

साधारण सभा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

सभामा विभिन्न रिपोर्टहरु पेश गर्ने सहित विधान संशोधन, बजेट लगायतका एजेण्डा तय गरिएको छ ।

कोरोनाका कारण भर्चुअल रुपमा फिफा कंग्रेस आयोजना गर्न लागिएको हो । कोरोनाका कारण विभिन्न अन्तराष्ट्रिय उडान प्रभावित भएको कारण देखाउँदै फिफाले यसअघिनै भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको थियो ।एजेन्सी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...