त्रिदेशीय फुटबलकाे फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । साँझ पाँच बजे दशरथ रंगशालामा हुने खेलमा दुवै टाेली उपाधिका लागि भिड्नेछन् ।
बंगलादेश समूह चरणमा किर्गिस्तानकाे ओलम्पिक टाेलीलाई १-० गाेल अन्तरले पराजित गरी , नेपालसँग 0-0 गाेलकाे बराबरी खेल्दै फाइनलमा पुगेकाे हाेभने नेपाल दुवै टाेलीसँग ०-० गाेलकाे बराबरी खेल्दै फाइनलमा पुगेकाे हाे ।
त्रिदेशीय फुटबल फाइनल समीकरणसम्म पुग्दा जम्मा १ गाेल भएकाे छ , त्याेपनि आत्मघाती गाेल । नेपालले हालसम्म कुनै गाेल गर्न सकेकाे छैन । सुधारिएकाे प्रदर्शन गरेपनि नेपाल गाेलविहिन बन्न पुगिरहेकाे छ ।
फाइनलमा नेपालकाे समर्थन गर्न मैदान पुग्ने दर्शकहरू नेपालले गाेल गरेकाे हेर्न चाहन्छन् । खेलाडीहरू पनि गाेल नै गर्न चाहन्छन् ।
उता बंगलादेश पनि नेपालविरूद्ध गाेल गर्दै खडेरी ताेड्न चाहन्छ । समूहचरणमा बंगलादेशले गरेकाे १ मात्र गाेल उपहारस्वरूप पाएकाे थियाे । उसलाइ पनि फाइनलमा गाेल गर्नुपर्ने दबाब रहेकाे छ।
दुइ टाेलीबीचकाे खेल राेमान्चक हुने अपेक्षा गरिएकाे छ ।