durbar-times

आगलागीबाट २० लाखको क्षति


आगलागीबाट २० लाखको क्षति

सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा बिहीबार साँझ आगलागी हुँदा रु २० लाखको क्षति भएको छ । स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर आगलागी हुँदा  उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको छ ।

स्थानीयवासी, प्रहरी र विभिन्न ठाउँबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको प्रनाउ कार्कीले बताए । सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि उनीहरु खुला अकाशमा बस्न बाध्य भएका छन् । ( रा स स )

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send