durbar-times

अमेरिकाको रेलवे स्टेशन नजिकै बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु


अमेरिकाको रेलवे स्टेशन नजिकै बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक अन्धाधुन्ध गोली चल्दा ८ जनाका मृत्यु भएको छ ।

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको हो ।

रेलवे स्टेशन नजिक रहेका रेलवे कर्मचारीहरुको छलफल चलिरहेकै बेला गोली प्रहार भएको प्रहरी अधिकारीहरुलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनीसमेत गरेको बताइएको छ । प्रहरी कारबाहीमा बन्दुकधारी मारिएका छन् । अमेरिकामा यो बर्षमात्रै २ सय ३० वटा गोली काण्डका घटना भएका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send