काठमाडौँ । अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को डाटा ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
काठमाडौंस्थित फुडमाण्डुको सर्भर ह्याक गरे सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेको अभियोगमा १९ वर्षीय दिनेश तिवारीलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।
साइबर ब्युरोका एसएसपी नवीन अर्यालका अनुसार फुडमाण्डुले दिएको उजुरीपछि अदालतबाट अनुमति दिएर हिजो बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । फुडमान्डुको वेबसाइटमा साइबर आक्रमण हुँदा ५० हजार ग्राहकको व्यक्तिगत विवरण चारी गरेको कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुहोस्:
लोक सेवा आयोगको सर्भर ह्याक गर्ने १५, १७ र २५ वर्षका ३ जना ह्याकर पक्राउ
गुगल फाेटाेज प्रयाेग गर्नुहुन्छ ? गुगलले दियाे अकाउन्ट हट्न सक्ने चेतावनी!