हिजो आज इम्युनिटी पावरको चर्चा र इम्युनिटी पावर बढाउन खाइने खानेकुराको माग ह्वात्तै बढेको छ। कोरोना माहामारी मध्ये रोग सँग लड्ने क्षमता बढाउने उद्देश्यले धेरै जडिबुटीहरुको सफल प्रयोग हुन थाल्यो, गुर्जो पनि यही शिलसिलामा चर्चामा आयो र उपयोगी सावित भयो।
उपयोगीता आफ्नो ठाउमा हुँदाहुँदै कुनै चिज कसैको लागि अमृत हुन्छ भने कुनै हानिकारक सिद्ध हुनेगर्छ, त्यसैले विचार गरेर मात्र औषधी तथा जडिबुटीको उपयोग गर्ने गरौँ।
यहाँ हामीले गुर्जो बाहेक अन्य ७ इम्युनिटी पावर बढाउने खानेकुरा प्रस्तुत गरेका छौं
रातो क्याप्सिकम
रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक टुक्रा क्याप्सिकनमा करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । जुन सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुन्छ । २०१७ मा नेशनल इन्स्टीट्यूट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन सी शरीरमा त्यी कोशिकाहरूलाई मजबूत बनाउँछ, जसले इम्यूनिटी बढाउँछ ।
ब्रोकाउली
बोकाउलीमा भिटामिन सी अत्याधिक मात्रामा हुन्छ । आधा कप ब्रोकाउलीमा ४३ प्रतिशत भिटामिन सी हुन्छ । अमेरिकाको इएचई हेल्थका फिजिशियन डा. सीमा सरीनले भनेका छन्,‘ब्रोकाउलीमा फाइटोकेमिकल्स र एन्टीअक्सिडेन्टको मात्रा भरपूर हुन्छ जसले हाम्रो इम्यूनको मजबुत बनाउँछ ।
चना
चनामा प्रोटिन अत्याधिक हुन्छ । एकेडेमी अफ न्यूट्रिसन एण्ड डाइटेटिक्सका अनसार चनाले एन्जाइमलाई सन्तुलनमा राख्छ, जसबाट हाम्रो शरीरले ठीक तरिकाले काम गर्न सक्छ । डाइटिशियन एमिली वन्डरका अनुसार चनामा प्रचुर मात्रामा जिंक पाइन्छ जसले इम्यून सिस्टम र इम्यून रेस्पोन्सलाई नियन्त्रणमा राख्न सक्छ ।
लसुन
लसुन खाँदामा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने विज्ञहरू बताउँछन् । लसुनको सेवनले उच्च रक्तचाप तथा मुटुरोगको खतरा कम गराउँछ । यस्तै यसमा पाइने सल्फर यौगिकका कारण संक्रमणबाट लड्ने क्षमतामा वृद्धि हुन्छ । लसुनको सेवनले इम्यूनिटी समेत बढ्दछ ।
च्याउ
च्याउ भिटामिन डीको स्रोतहरूमध्ये एक हो । च्याउको सेवनले क्याल्शियम बढाउँछ जसले हड्डीलाई मजबुत बनाउन सहयोग पुर्याउँछ । साथसाथै यसले इम्यूनिटी पावर बढाउनमा सहयोग गर्छ ।
पालक
पालकमा भिटामिन सी र एन्टीअक्सिडेन्ट्स अत्याधिक मात्रामा हुन्छ । जसले हाम्रो शरीरमा रहेको कोशिकाहरूलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । पालकमा भिटा क्यारोटिन समेत पाइन्छ, जुुन भिटामिन एको मुख्य स्रोत हो । भिटामिन ए ले इम्यून फंक्शनको सही ढंगले चलाउनका लागि सहयोग गर्छ ।
दही
दही प्रोबायोटिक्सको सबैभन्दा राम्रो स्रोत हो । यसमा भएको ब्याक्टेरियाले पाचन प्रणाली तथा इम्यून सिस्टमलाई सही राख्दछ । केही अध्ययनहका अनुसार दहीको सेबनले प्रोबायोटिक्सको सामान्य रुघाखोकी तथा इन्फ्लूएन्जाजस्ता संक्रमणसँग पनि प्रभावकारी ढंगले लड्दछ ।