राष्ट्रिय टिमका चार खेलाडीलाई कोरोना संक्रमण


राष्ट्रिय टिमका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले जनाएको छ ।

कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए ।

बंगलादेशसंग मैत्रीपूर्ण खेलको तयारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसंग मैत्रीपूर्ण खेलको तयारी गरेको छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)संग अनुमती मागेको छ । एन्फाको प्रस्तावको राखेप समेत सकारात्मक छ । राखेपले लिखित रुपमै एन्फालाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अनु…

नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।

सबैभन्दा धेरै रेड कार्ड पाउने १० खेलाडी - Top 10 Red Card Holders
धेरै खेलाडिहरूले करियरको क्रममा केवल केही रेडकार्डहरू प्राप्त गर्छन्। कुनै पनी अप्रिय घटना हुन नदिन तथा खेललाई नियन्त्रण गर्न रेडकार्ड रेफ्रीको लागि अन्तिम प्रयास हुनसक्दछ।सामान्यतया, रातोकार्ड सम्म पुग्ने घटनाहरू अन्जानमा हुन्छन् - लगभग हास्यास्पद। तथापि, केही खेलाडिहरू रेडकार्डहरू प्राप्त गरेरै …
यूएफसी फाइटर खबिबद्वारा सन्यास
एजेन्सी । मिक्स मार्सल आर्ट्सका फाइटर खबिब नुर्मागोमेडोभले सन्यास घोषणा गरेका छन् । रुसका यूएफसी फाइटर खबिबले शनिबार राति जस्टिन गाइथजेसँगको खेलपछि सन्यास घोषणा गरेका हुन् । अमेरिकन खेलाडी जस्टिनविरुद्ध जित निकाल्दै खबिबले यूएफसी लाइट लाइटवेट उपाधिमा समेत कब्जा जमाए । ’आज म यो घोषणा गर्दछु कि यो म…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...