दाेश्राे बजारमा काराेबार भइरहेकाे ४ वटा कम्पनीकाे मूल्यमा आज सकारात्मक सर्किट लागेकाे छ । चन्द्रागिरी हिल्ससहित जाेशी हाइड्राे, ग्रीनलाइफ हाइड्राे र खानीखाेला हाइड्राेपावरकाे मूल्यमा सर्किट लागेकाे हाे ।
चन्द्रागिरीकाे मूल्य आज ९.९२ प्रतिशतले बढेर ११७५ पुगेकाे छ । त्यस्तै जाेशी हाइड्राेकाे मूल्य ९.७७ प्रतिशतले बढेर १४६ रूपैँया पुगेकाे छ । ग्रीनलाइफ हाइड्राेकाे मूल्य ९.७६ प्रतिशतले बढेर ३६० पुगेकाे छ भने खानीखाेला हाइड्राेपावरकाे मूल्य ९.३८ प्रतिशतले बढेर १४० रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
अहिलेसम्म नेप्से ३.१२ अंकले बढेर २३९४.८६ अंकमा पुगेकाे छ ।