फ्रान्सको चर्चमा चक्कु प्रहार गरि ३ जनाको हत्या गर्ने व्यक्ति पहिचान


फ्रान्सको चर्चमा चक्कु प्रहार गरि ३ जनाको हत्या गर्ने व्यक्ति पहिचान

एजेन्सी | बिहीबार फ्रान्सको निस सहरको एक चर्चमा चक्कु आक्रमण गरी ३ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

बंगलादेशको ढाकामा फ्रान्स विरुद्ध प्रदर्शन, जलाए फ्रान्सका राष्ट्रपति म्याक्रोको पुतला
फ्रान्सको सामान बहिष्कारको माग गर्दै बंगलादेशको राजधानी ढाकामा हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् । इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बंगलादेशमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोको पुतला जलाएको बीबीसीले जनाएको छ । यस्तै, प्रद…

उनी ट्युनिसियाको नागरिक भएको र सेप्टेम्बरमा डुङ्गाको यात्र गर्दै इटालीको ल्याम्पेडुसा टापुमा आएपछि त्यहाँको सरकारले उनलाई १४ दिनको क्वारेन्टाइन राखेर आफ्नो मुलुक छोड्न आदेश दिएको थियो । तर उनी त्यसपछि फ्रान्सको पेरिस पुगेका उनले निस सहर शहरस्ति चर्चमा दुई महिला र एक पुरुषको चक्कु प्रहार गरि हत्या गरेका थिए ।

त्यसपछि प्रहरीले गोली हानी नियन्त्रणमा लिएर अनुशन्धान गर्दा उनी ट्युनिसियाको नागरिक भएको खुलेको हो । उनको अहिले गम्भी अवस्थामा उपचार भइरहेको छ । उनलाई गोली हानी पक्राउ गर्दापनि उनको पहिचान खुल्ने कुनैप्रकारको कागजात नभएको पाइएको छ । तर प्रहरीको प्रारम्भीक अनुशन्धानले भने उनी २१ बर्षका र ट्युनिसियन नागरिक नै भएको देखाएको जनाएको छ ।

प्रहरीले उनको साथबाट एउटा कुरान, दुइटा टेलिफोन र ३ चक्कु बरामद गरेको जनाएको छ । फ्रान् सरकारले उनलाई आक्रमणकारीको संज्ञा दिएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...