http://bit.ly/bajajdurbartimes

फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्धारकर्मीको मृत्यु


फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्धारकर्मीको मृत्यु

एएनआई |  फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ ।

सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिएका छन्  । उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो । यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ ।

प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन । रासस

1

कोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म 'मास्टर', कति कमायो?

2

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

3

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

4

सेयर बजारमा फेरि देखियो सुधार

5

प्रतिनिधिसभा विघटनको विरोधमा युवाद्वारा काठमाडौंमा ‘नमुना संसद्’ आयोजना

6

गर्भमा बच्चा ९ महिना रहँदा के गर्ने के नगर्ने जन्नुहोस्


Share Tweet Send