मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान


मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका प्रस्थान गरेका छन् ।

२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम आज बिहान बंगलादेश प्रस्थान गरेका छन् । टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन् । चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन् ।

रोहित चन्दले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सदस्य रोहित चन्दले बंगलादेशसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । प्रशिक्षणको क्रममा चोट बोकेपछि उनले बंगलादेशको भ्रमण गुमाउने भएका हुन् । नेपालले बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तयबंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय …
नेपालले बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय
बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ । मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बीएफएफले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो । नेपालले बंगालदेशसंग नोभेम्बर १३ र १७ तारिखका दुई खेल खेल्नेछ । नेपाली…

एन्फाले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो ।

नेपाली टोली

भरत खवास, अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...