durbar-times

झापा जिल्ला क्षेत्रस्तरीय फुटसल प्रतियाेगिता हुँदै


झापा जिल्ला क्षेत्रस्तरीय फुटसल प्रतियाेगिता हुँदै

नेकपा एमाले झापा काठमाडाैँ क्षेत्र नं ३ काे आयाेजनामा फुटसल प्रतियाेगिता हुने भएकाे छ । यही फागुन २८ र २९ गते काठमाडाैँकाे हाँडिगाउँ , भत्केकाे पुल छेउ रहेका धन्यन्तरी फुटसलमा हुने प्रतियाेगिताकाे प्रथम हुने टाेलीले रू २५ हजार नगद , मेडल र प्रमाणपत्र पाउने छ ।

त्यस्तै दाेश्राे हुने टीमले रू १५ हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियाेगितामा सर्वाधिक गाेलकर्ता र उत्कृष्ट गाेलकिपरले पनि पुरस्कार पाउनेछन् । सर्वाधिक गाेलकार्ता र उत्कृष्ट गाेलकिपरले शिल्ड , मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रतियाेगितामा झापाका ५ वटा निर्वाचन क्षेत्रका टाेली सहभागी हुने अपेक्षा गरिएकाे छ।

प्रतियाेगितामा टीम दर्ता गर्ने मिति फागुन २३ गतेसम्म रहेकाे छ भने एक टीम दर्ता गर्दा २ हजार शुल्क लाग्ने प्रतियाेगिताका संयाेजक युवराज बस्नेतले जानकारी दिएकाे नेकपा एमाले झापा काठमाडाैँ सम्पर्क मञ्चका सदस्य तीर्थराज ढकालले बताए  ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send