durbar-times

सिरहा बम विष्फोटको जिम्मा गाेइत समूहले लियाे


सिरहा बम विष्फोटको जिम्मा गाेइत समूहले लियाे

सिरहाको मालपोत कार्यालयमा भएको बम विष्फोटको घटनाको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी) ले लिएको छ। सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट हुँदा ८ जना घाइते भएका छन्।

घटना पश्चात गोइत समूहले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा आज २०७७, चैत्र १ गते मध्याह्न करिब १२ बजेर ४७ मिनटमा पेसर कुकर बम कारबाही स्वरुप विष्फोट गराएका छौँ। यसरी भ्रष्टाचार (अपराध) जारी नै रहे भने यसभन्दा पनि उच्च स्तरको कारबाही हुनेछ। यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) नेपाल सरकार र प्रदेश सरकार नै हुनेछ।’

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send