काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने आदश दिएपछि टिप्पणी गर्दै नेता थापाले अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताएका छन् ।
उनले भनेका छन् -
हामी सवैलाई बधाई ! संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।