धनगढी | नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गगन थापाले राष्ट्रिपतिलाई काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिएका छन्।
उनले सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न आग्रह गरे। ‘राजा त फाल्यौं, राष्ट्रपति फाल्न हामी सक्छौं,’ थापाले भने।
सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको बिरोध सभामा सम्बोधन गर्दै नेता गगन थापाले भने- ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी शीतल निवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, काठमाडौमा आफूसँग चुनाब लडन तयार होइबक्स्योस्।’ उनले राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर नेकपाको गुटको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निभाईरहेको आरोप लगाए ।
थापाले सरकार ठेगानमा नआएसम्म कांग्रेस सडकमा आइराख्ने बताए। नेकपा भन्ने पार्टी नभएर लोभी पापीको मञ्च भएको थापाले बताए । उनले भने–‘कपी ओली लोभी र प्रचण्ड पापी हुन।’
नेता थापाले बर्तमान सरकार भ्रष्टहरुको संरक्षक रहेको बताए । बिभिन्न नाममा गरिएका भ्रष्टाचारहरुलाई लुकाउने बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले अख्तियार भन्दा पहिले आफूले फैसला गरि आफ्ना मान्छेको संरक्षण गर्ने गरेको थापले बताए ।
यो पनि : कमजोर छ भनेर नजिस्क्याइयोस्, कांग्रेस सुतेको बाघ हो: प्रवक्ता शर्मा