https://ntc.net.np/

गैँडाको आक्रमणबाट घाइते


गैँडाको आक्रमणबाट घाइते

नवलपुर । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०: ३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते भएकी हुन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको तामाङले बताए । घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको तामाङले जानकारी दिए ।

ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैँडा रहेको र हरेक दिन बिहान नारायणी नदीतर्फ जाने गरेको स्थानीयवासी हुमनाथ पोखरेलले बताए । गैँडाको आक्रमणबाट घाइते हुनुभएकी रेग्मीलाई करीब १० वर्ष अगाडिसमेत गैँडाले आक्रमण गरी घाइते बनाएको पोखरेलले जानकारी दिए ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send