गजल - कृष्णप्रसाद अर्याल


गजल - कृष्णप्रसाद अर्याल

किन दियौ फूल ? फूलको काम के हो ? बताउन पर्थ्यो ।
उसलाई त घरका दिवार पनि तिम्रै तस्वीरले सजाउन पर्थ्यो ।

जति साेच्न सक्छाै त्याेभन्दा धेरै एक्लाे थिएँ म सहरमा,
रुने बेला पनि आफ्नै काँधमा शिर अड्याउन पर्थ्याे।

तिमी मेरो जिन्दगीमा किन आइनाै- याे सवाल नै हैन,
मेराे बुझाई यही हाे कि कम्तिमा तिमी आउन पर्थ्याे ।

तिमीसँगको प्रेम झुपडीमा बलेको टुकीजस्तो थियो ,
आगो लाग्नबाट जोगिन पर्थ्यो,हावाबाट जोगाउन पर्थ्यो।

कच्ची सडकको त्यो यात्रा थियोे एकोहोरो प्रेम,
जहाँ आधा सिटमा बसेर पूरा यात्रा कटाउन पर्थ्यो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...