गण्डकीका चार विधेयक प्रमाणीकरण


गण्डकीका चार विधेयक प्रमाणीकरण

गण्डकी | गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार  विधेयक प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका हुन् ।

ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् ।
यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...