http://bit.ly/bajajdurbartimes

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन


गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

भैरहवा- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।

हिजो विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।”

उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे । उनले भने, “विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैछ ।”

उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए।

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए। उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए।-

1

कक्षा १२ को नतिजा प्रकाशनमा किन ढिलाई ?

2

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

3

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

4

सुरू भयाे स्वस्थानी व्रत , व्रतपूजामा ५० भन्दा बढी सहभागी हुन नपाउने

5

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

6

विहिबार सुनको मुल्यमा गिरावट


Share Tweet Send