http://bit.ly/bajajdurbartimes

गाैतमबुद्ध कपमा बागमती र राप्ती भिड्दै


गाैतमबुद्ध कपमा बागमती र राप्ती भिड्दै

चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार)बाट बागमती र राप्ती टिम भिड्दै छन् ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुँदैछ । शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो ।

राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीकाे नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् ।

शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।

कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send