Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

राप्तीले उचाल्यो गौतम बुद्ध कप


राप्तीले उचाल्यो गौतम बुद्ध कप

चितवन | निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले उचालेको छ ।

राप्ती ९ रनले विजयी भएको हो । १४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाएपछि विजयी भएको हो ।

नारायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए पनि टिमको जितका लागि प्रयाप्त भएन । यस्तै, इशान पाण्डे र रित गौतमले समान २७/२७ रन बनाए । नारायणीलाई १३४ मा रोक्न राप्तीका लागि अविननाश बोहोराले तीन विकेट लिए भने भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल सिंह ऐरीले समान एक/एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको राप्तीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । मंगलबार भएको फाइनलमा नमुना मैदानमा उत्कृष्ट सुरुवात गरेको राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १८ र शरद भेषवाकरले १० रन बनाए ।

राप्तीलाई रोक्न नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे । नमूना मैदान खेल्न योग्य भइसहेको सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको हो । जसमा बाग्मती, नारायणी र राप्ती गरि तिन टोलीमा विभाजन गरिएको थियो ।

जसमा बाग्मतीको टीम यसअघि नै लगातार हार व्येहोर्दै सिरिजबाट बाहिरिएको थियो ।

यो पनि :

सन्दीप लामिछाने बिग बाश लिग खेल्न आज अस्ट्रेलिया जादैँ

1

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

2

साताको पहिलो दिन सुनको मूल्यमा वृद्धि

3

ला लिगामा बार्सिलोनाको जित, एट्लेटिको भन्दा २ अंकले मात्र पछि

4

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

5

बागमती र प्रदेश १ का यी ठाउँमा आज ८ घण्टासम्म बत्ती जाने

6

माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा दुइकाे मृत्यु


Share Tweet Send