http://bit.ly/bajajdurbartimes

गाैतमबुद्ध कपको फाइनलमा राप्ती र नारायणी, बागमती बाहिरियो


गाैतमबुद्ध कपको फाइनलमा राप्ती र नारायणी, बागमती बाहिरियो

चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत राप्ती टिम फाइनल प्रवेश गरेको छ । आज बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लगातार दोस्रो खेलमा पराजित बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।

१ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै अनिल शाहले २२ रन जोडे ।  रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३/१३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे । राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र भुुुवन कार्कीले समान २/२ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेकाे राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो ।

राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३३ बलको सामना गरेका अमितले २ चौका र छक्का प्रहार गरेका थिए ।

शरद भेषावकर र कप्तान बिनोद भण्डारीले समान २१/२१ रन जोडे । यस्तै लोकेश बमले १५ तथा कमल सिंह ऐरीले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बागमतीका सोमपाल कामी, सगर ढकाल र रशिद खानले समान २/२ विकेट लिए । यस्तै ललित राजबंशी र बिक्रम सोबले १/१ विकेट हात पारे ।

फाइनलमा राप्ती र नारायणी भिड्ने छन् । दुवै टोली एक खेल अगावै फाइनल पुगेका हुन् ।

मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।

यो पनि :

गाैतमबुद्ध कपमा बागमती र राप्ती भिड्दै


1

पुछारको सेफिल्डसँग युनाईटेड पराजित

2

युभेन्ट्स सेमिफाइनलमा

3

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

4

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

5

महिला लिगमा आज दुई खेल हुँदै

6

आजको राशिफल


Share Tweet Send