http://bit.ly/bajajdurbartimes

‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई


‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई

बागलुङ | आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताए ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उनि चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै छन् । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताए । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो । रासस

यो पनि :

सजलको 'जुहारी' सार्वजनिक

प्रकाश सपुतकाे 'फुटेको चुरा' लोकप्रिय बन्दै (भिडीयो सहित )

1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send