जनरल इन्सुरेन्सकाे आइपीओ बिक्री खुला


जनरल इन्सुरेन्सकाे आइपीओ बिक्री खुला

जनरल इन्सुरेन्सले कम्पनीले आज आइतबार असोज ११ गतेबाट आइपीओ बिक्री खुला गरेको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यस इन्सुरेन्सले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४% सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ ।बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...