काराेबार भएकाे पहिलाे दिनदेखि लगातार सकारात्मक सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे शेयर मूल्य आज पहिलाे पटक घटेकाे छ । आज २१८२ रूपैँयामा काराेबार खुलेकाे चन्द्रागिरी हिल्सकाे शेयर मूल्य १८७५ रूपैँयासम्म पुगेकाे हाे ।
अहिले भने कम्पनीकाे शेयर मूल्य १८९० रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
लगातार मूल्य बढिरहेकाे कम्पनीमा आज एक्कासी मूल्य घटेपछि अब लगानीकर्ताहरू हतासिएर बेच्न थाल्ने अनुमान गरिएकाे छ।