ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते मंगलबार अन्तिम दिन हो । बैंकले १४% बोनस सेयर र २% नगद लाभांश गरी कुल १६% लाभांश वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ ।
साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साथै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।
सभा बैंकको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।