durbar-times

ग्लाेबल आइएमई बैंककाे ऋणपत्रमा आवेदन दिने म्याद थप


ग्लाेबल आइएमई बैंककाे ऋणपत्रमा आवेदन दिने म्याद थप

ग्लाेबल आइएमई बैकले निष्कासन गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएकाे छ । यसअघि चैत्र ४ गतेसम्म रहेकाे म्याद अब चैत्र १६ गतेसम्म आवेदन दिन पाइने भएकाे हाे ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमा ५ प्रतिशत सामूहिक लगानी काेषकाे हिस्सा रहनेछ । बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्कासन गरेकाे हाे ।

लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send