durbar-times

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि


गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि

गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । पोखरा सभागृह हलमा दिउँसो १ बजेपछि बैठक सुरु हुनेछ । प्रदेशसभा शुरु हुने पहिलो दिनमै प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची तोकिएको छ ।
बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

सोमबार बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।

कोरोना भाइरस फैलदो संक्रमणका कारण नदीपुरबाट गत वर्षदेखि नै पोखरा सभागृहमै बैठक सारिएको हो । यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । उनले ३० दिनभित्र अर्थात जेठ २७ सम्म संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिनुपर्ने कानुनी ब्यवस्था छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङ निकट स्रोतले जनाएको छ । नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशस प्रमुखबाट बहुमत प्राप्त दलको नेताको हैसियमा मुख्यमन्त्री दबी गर्न आह्वान गर्ने छन् । त्यो सम्भव नभएका प्रदेशमा मध्यावधि निर्वाचनमा जाने सम्भावना रहन्छ ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले जेठ १६ का लागि बर्खे अर्थात बजेट अधिवेशन आह्वान गरेकी हुन् । वर्षे अधिवेशन खासगरी नीति कार्यक्रम एवं बजेटसँग सम्बन्धित हुन्छ । शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नलिँदासम्म बजेट ल्याउन नहुने विपक्षी दलले आवाज उठाएका थिए । तर, सरकारमा रहेको नेकपा एमाले पक्षधरले भने मुख्यमन्त्रीले विश्वासको मत पनि लिने र बजेट पनि ल्याइछाड्ने अडान राखेका थिए ।

गण्डकीमा कुल ६० सदस्य छन् । तीमध्ये नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सदस्य छन् । स्वतन्त्र सांसद दिपक मनाङे सहित मुख्यमन्त्रीसँग २८ सिट रहेको छ । गण्डकी प्रदेशमा सरकार बनाउनका लागि ३१ मत आवस्य पर्छ । तर, सरकार बचाउन मुख्यमन्त्री गुरुङलाई जनमोर्चाका तीन मत आवस्यक पर्छ ।तत्काल मुख्यमन्त्री गुरुङले जनामोचोको तीन मत पाउने सम्भावना छैन। हाज जनमोर्चाका तीन सांसद सत्तापक्ष र प्रतिपक्षमा बाँडिएको अवस्था छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send