durbar-times

पार्टी एकता जोगाउने कसरत भत्काउने प्रयास भएको भन्दै नेता विष्ट आक्रोशित


पार्टी एकता जोगाउने कसरत भत्काउने प्रयास भएको भन्दै नेता विष्ट आक्रोशित

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको कसरतलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

उनले केही सञ्चारमाध्यममा एमाले एकता जोगाउने प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम पनि जोडिएकामा आपत्ति जनाएका हुन् ।  सामाजिक सञ्जालमा विष्टले लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दार पूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्? समयले नै बताउला ।’

नेता विष्टले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन प्रयासरत रहेको पनि बताएका छन् । उनले लेखेका छन्, पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो ।'

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send