गोकर्ण निकुञ्ज : जनावरबाट अन्नबाली नष्ट


गोकर्ण निकुञ्ज : जनावरबाट अन्नबाली नष्ट

काठमान्डौ | नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ ।

पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका–४ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वाग्मती फाँटमा लगाइएको अन्नबाली निकुञ्जबाट निस्कने जङ्गली जनावरले खाने गरेको हो । कागेश्वरी मनोहरा नगरपालिका–५ कोलमतेश्वरका भगवान् सिम्खडा निकुञ्जबाट रातिको समयमा निस्कने जनावरले अन्नबाली नष्ट गर्ने गरेको गुनासो गर्छन् ।

निकुञ्जको करीब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये उत्तरवाहिनी क्षेत्रको धेरै भाग भत्किएको छ । गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल भत्किएर किसानले खेतबारीमा लगाएको अन्नबाली नष्ट भएको विषयमा कार्यालयमा पटकपटक जानकारी गराइएको बताउछन् । दशैँअघि कार्यालयका सहसचिव बाबुराजा श्रेष्ठले यस क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए ।

गैँडाको आक्रमणबाट जङ्गीलालको मृत्यु
कावासोती । गैँडाको आक्रमणबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए । आज बिहान खेतमा तोरी छर्न जाने क्र…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...