गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने


गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने

गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पुर्याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालीम सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाले एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।

गोकर्ण निकुञ्ज : जनावरबाट अन्नबाली नष्ट
काठमान्डौ | नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ । पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका–४ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वाग्मती फाँ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...