नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिदेशीय प्रतियोगिताअन्तर्गत बंगालदेशसँग बराबरी खेलेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो ।
नेपालले पहिलो खेलमा कीर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने कीर्गिस्तानलाई हराएको थियो । आउँदो सोमबार नेपाल र बंगलादेशबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
यस्तै बंगलादेशविरुद्ध बराबरी खेलेको खेलमा नेपालका तीन खेलाडीले राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् ।
मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती-११ मै डेब्युको अवसर पाएका थिए भने डिफेन्डर निशान खड्का खेलको ७१ औं मिनेटमा रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गर्न सफल रहे ।