http://bit.ly/bajajdurbartimes

बालबालिकालाई सुनका गहना नलगाउन आग्रह


बालबालिकालाई सुनका गहना नलगाउन आग्रह

रसुवा। सुनको गहना लगाएकै कारण  स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाइदिन अभिभावकलाई आग्रह गरेको छ।

कालिका गाउँपालिका-१, राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको १० हजार रूपैयाँ बराबरको सुनको मुन्द्राकै कारण मंसिर २१ गते ज्यान गुमाउन परेपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान सुरु गरिएकाे हाे।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send