साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार सुनचाँदीकाे मूल्य घटेकाे छ ।
बिहीबार प्रतिताेला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य प्रतिताेला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्यकाे पनि घटेकाे छ । प्रतितोला १ हजार ३ सय पाँच रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।