कोरोना भाइरसको खोपको सफलताका समाचार सँगै सुनको मूल्यमा गिरावट


कोरोना भाइरसको खोपको सफलताका समाचार सँगै सुनको मूल्यमा गिरावट

काठमाडौं : सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १००  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७००  रुपैयाँले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९००  रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६००  रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५  रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३०  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५  रुपैयाँले घटेको हो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...