काठमाडौं । आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला रु ९० हजार ८ सय रुपौयाँमा कारोबार भईरहेको छ । माघ ३० गते प्रतिकित्ता ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तोवी सुनको मुल्य प्रति तोला रु ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ भने बढेको छ । चाँदीको मुल्य भने प्रति तोला रु १३३५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।