आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसाय महासंघले आज सुनको मुल्य स्थिर रही ९४ हजार ५०० रुपैयामा कारोबार हुने जनाएको छ । तेजावी सुनको मुल्य आज ९४ हजार रहेको छ ।
यस्तै चाँदीको मुल्य पनि स्थिर रही १३ सय रुपैंयामा कारोबार हुने महासंघ जनाएको छ ।