काठमाण्डौ | आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।