काठमाडौं | नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाली बजारमा मंगलवार सुनको भाउ रू. ११०० ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजारमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १ हजार १०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ६५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३६० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. २५ ले बढेको हो ।