आइतवार छापावाल सुनको मूल्य स्थिर छ । आज छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यता तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आइतवार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।