सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ।