बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी महङ्गिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिकेजी ८६ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ८६ हजार १५० रुपैयाँ पर्नेछ ।
चाँदी भने आज पनि महङ्गिएको छ । सोमबार प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।