काठमाण्डाै | हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ आज स्थिर छ ।
सुन आज तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि अस्ति सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो । मंगलबार सुन तोलामा ९४ हजार एक सय रुपैयाँ थियो भने सोमबार ९२ हजार ६ सय रुपैयाँ थियो ।
समग्रमा यो हप्ता सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेका छ । यस्तै, यो हप्ता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय रुपैयाँमा कारोबार भएको छ ।