पर्यटनका सबै क्षेत्र खोल्ने तयारीमा सरकार


पर्यटनका सबै क्षेत्र खोल्ने तयारीमा सरकार

सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो ।

मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए । कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गरिसकेको छ । पदयात्रा र पर्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ । यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताए ।

मन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंँल्याए । प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न आग्रह गरे ।

सौराहामा पर्यटकको घुइँचो
चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।…
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
बागलुङ | कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कात्तिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन हुने भएको हो। ०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। यसअघि पुलसँगै रिसो…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...