काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमणको जोखिम देखाएर सभा, जुलस र प्रदर्शन गर्न प्रतिबन्ध लगाए पनि राजावादी कार्यक्रम भने रोकिएको छैन ।
मुलुकभर राजावादी र हिन्दुराष्ट्र पक्षधरको प्रदर्शन चर्किंदै जान थालेपछि गृहमन्त्रालय ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर सभा, जुलुश, प्रदर्शन, र्यालीजस्ता भीडभाड हुने कार्य रोक्न निर्देशन दिएको थियो ।
तर बिहीबार सुर्खेतमा राजावादीहरुको प्रदर्शन भएको छ । राजतन्त्र पुनर्स्थापना, हिन्दु राष्ट्र कायम, संघीयता खारेज लगाएको माग राखेर बिहीबार सुर्खेतमा पनि प्रदर्शन भएको हो ।
यो पनि: राजावादी’ को प्रदर्शन रोक्न निर्देशन, अटेर भए बल प्रयोग गर्ने चेतावनी
वीरेन्द्रनगरमा पनि हिन्दु राष्ट्र राजसंस्था पुनर्स्थापना संघर्ष समितिले बिहीबार गरेकोमा प्रदर्शनमा सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’लगायतका नारा लगाएका थिए ।
वर्तमान राजनीतिक नेतृत्वप्रति वितृष्णाले विकल्पको रुपमा पुनः राजतन्त्रप्रति आमनागरिकको झुकाव बढ्न थालेको बताइन्छ ।
यो पनि: राजतन्त्रको माग गर्दै शक्ति प्रदर्शन(भिडियो )