काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्राध्यापक डा गोविन्द केसी सडकमा आएका छन् । नागरिक समाजद्वारा आयोजित राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा डा केसी पनि सहभागी भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनका विरूद्ध केही दिनयता विभिन्न क्षेत्रका नागरिकहरू भेला भएर प्रदर्शन गरिरहेका छन्।
शनिबार १२ बजेदेखि सुरू भएको अहिंसात्मक प्रदर्शनमा डा गोविन्द केसीको पनि उपस्थिति रहेको छ। प्रदर्शनमा ‘प्रतिनिधि सभा मार्न पाइँदैन‚ निरंकुश सरकार चाहिँदैन’‚ ‘नागरिक अघि बढ्दैछ। लुट तन्त्र ढल्दैछ’ जस्ता नारा लेखिएको पर्चा बोकेेर विरोध जनाइएको छ।