durbar-times

ग्रानडा माथि रियलको सहज जित


ग्रानडा माथि रियलको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे । ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दा रियलको अग्रता २-० को बन्यो । ७१ औं मिनेटमा जोर्गेले गोल गर्दै ग्रानडालाई २-१ को स्थितिमा ल्याए । ७५ औं मिनेटमा अल्भारोले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए । त्यसपछि खेलको ७६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।

यस जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । र, रियलले उपाधि होड जिवितै राखेको छ ।रियलले ३६ खेलमा ७८ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८० अंक रहेको छ ।ग्रानडा ४५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send