durbar-times

ग्रानडाको पुनरागमन जितमा बार्सिलोना पराजित


ग्रानडाको पुनरागमन जितमा बार्सिलोना पराजित

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना पराजित भएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ग्रानडासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा जोर्गे मोलिनाले गोल गर्दै ग्रानडालाई २–१ को पुनरागमन जित दिलाए । पराजित भएसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बार्सिलोनाले ३३ खेलमा ७१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send